+
+
Shares

कैलालीमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको लम्कीचुहा नगरपालिका–७ गुलारामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनार रहेका छन्।
  • प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

१ वैशाख, धनगढी । कैलालीमा हाइस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु‍ भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार(आज)  साँझ सवा ६ बजेतिर सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प ५४३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला  प्रहरी  कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?