+
+
Shares

संसदीय समितिका सभापतिका उम्मेदवारको मनोनयन (तस्वीरहरू)

संघीय संसद्का विभिन्न समितिका सभापतिका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ वैशाख ३ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्का विभिन्न समितिका सभापतिका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
  • प्रतिनिधिसभा अन्तर्गत १० र राष्ट्रिय सभाअन्तर्गत ४ विषयगत समिति रहेका छन्।
  • सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिको निर्वाचन आगामी शुक्रबार तोकेको छ।

३ वैशाख, काठमाडौं । संघीय संसद्का विभिन्न समितिका सभापतिका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।  मनोनयनअघि दलहरूले उम्मेदवारको विषयमा छलफल गरेका थिए ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।

  िशेर

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?