फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो।
- लामिछानेले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन गर्नु रहेको उल्लेख गर्नुभयो।
- उनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्यक्षेत्र भित्र पर्ने स्पष्ट पारे।
३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् ।
संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन गर्नु रहेको बताए ।
उनले विवेकपूर्ण ढंगले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सभामुखको भूमिका पनि सकारात्मक रहने अपेक्षा राखे ।
यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको बताए ।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारे ।
उनले छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टीओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4