News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले राप्रपालाई धोका नदिएको र अन्य कैयौं राजनीतिक सहकार्य बाँकी रहेको बताएका छन्।
- उपसभामुखमा धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दु:खेसो गरेपछि रविले राजनीतिक संवाद हुने र सम्भावनाहरू खुला रहेको बताए।
- रवि लामिछानेले ज्ञानेन्द्र शाहीलाई आफ्नो सधैंको साथी भने र सहकार्य गर्ने ठाउँ कैयौं बाँकी रहेको उल्लेख गरे।
२७ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् ।
सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कैयौं सहकार्य बाँकी नै रहेको बताए ।
उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दु:खेसो गरेका थिए ।
त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रविले भने, ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र ? सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीं अन्तिम समयमा हामीले सही निर्णय गर्ने समय आउँदा कहिलेकाहीं अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केही होइन ।’
उनले ज्ञानेन्द्र शाही आफ्नो सधैंको साथी भएको भन्दै अन्य राजनीतिक सहकार्य बाँकी नै रहेको जिकिर गरे ।
‘सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कैयौं गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?’ उनले भने ।
प्रतिक्रिया 4