News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा फेसबुकमार्फत 'माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्' भनेका छन्।
- प्रधानमन्त्री शाहले 'हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु' लेखेका छन्।
- उनले आमालाई सधैं हँसाउन सकौँ र आमाले सन्तानहरूको कर्ममा गर्व गर्न सकून् भन्ने कामना गरेका छन्।
४ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औंसीको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री शाहले भनेका छन्- माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् ।
उनले लेखेका छन्- ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’
नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् ।
‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4