+

दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा

२०८३ वैशाख  ४ गते ११:४१ २०८३ वैशाख ४ गते ११:४१
दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले यूएईसँग हुने टी-२०आई शृंखलाका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
  • टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउद पुनरागमन गरेका छन् भने सन्तोष यादव र हेमन्त धामीले डेब्यू गर्ने अवसर पाएका छन् ।
  • क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले र ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

४ वैशाख, काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।

यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ ।

क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

नेपाली टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय