४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।
छलफल दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने एक सांसदले जानकारी दिए । ‘दलको कार्यालयबाट सहमहामन्त्रीले छलफलका लागि बोलाएको सूचना आएको छ,’ ती सांसदले भने, ‘दिउँसो ३ बजे बोलाइएको छ ।’
यसअघि संयोजक रसाइलीले शुक्रबार (४ चैत) मा कांग्रेसले दलको नेता चयन गर्ने कार्यतालिका रहेको जानकारी सञ्चारमाध्यमहरूलाई दिएका थिए ।
उनले २ चैतमा निर्वाचन कार्यतालिका प्रकाशित हुने पनि बताएका थिए । तर, कांग्रेसले कार्यतालिका भने ल्याएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4