News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा गत २३ र २४ भदौमा मृत्यु भएका ४९ मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको छैन।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले ४२ शव पहिचान गरी परिवारलाई बुझाइएको र ७ शवको डीएनएको प्रक्रियामा रहेको बताए।
- ती ७ शव जलेको अवस्थामा कंकाल बनेका कारण पहिचान हुन सकेको छैन।
४ वैशाख, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत भेटिएका मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको छैन ।
जेनजी आन्दोलनको क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो । ती मध्ये ७ वटा शवको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
‘४२ शवको पहिचान गरी सम्बन्धीत परिवारलाई बुझाइए पनि ७ शवको पहिचान हुन सकेको छैन । हामी डीएनएको प्रक्रियामा छौं’ एसपी भट्टराईले भने ।
ती सात जलेको अवस्थामा कंकालको रुपमा मात्रै रहेकाले पहिचान हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4