News Summary
Generated by OK AI. Editorially reviewed.- ट्राफिक प्रहरीले नेपाल प्रहरीकै भ्यानलाई फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक नियम उल्लंघनमा चिट काटेको छ।
- नेपाल प्रहरीले आफ्नो अफिसल फेसबुक पेजमार्फत चिट काटिएको जानकारी दिएको छ।
- सामाजिक सञ्जालमा भ्यान फुटपाथमा पार्किङ गरेको तस्बिर भाइरल भएपछि ट्राफिक प्रहरीले चिट काटेको हो।
४ वैशाख, काठमाडौं । नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ । ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको हो ।
चिट काटिएकोबारे नेपाल प्रहरीले आफ्नो अफिसल फेसबुक पेजमार्फत समेत जानकारी दिएको छ ।
प्रहरीले आफ्नो भ्यान फुटपाथमा पार्किङ गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित पोस्ट भएको थियो । उक्त पोस्ट भाइरल बनेपछि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने उक्त भ्यानको पहिचान गरेर चिट काटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4