+
+
Shares
कांग्रेस विवाद :

पूर्णबहादुर खड्काले आइतबार पनि बोलाए बैठक

१४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी हुन आह्वान

नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
  • स्मार्ट होटल, धुम्बाराहीमा भोलि आइतबार सवा १२ बजे बैठक आयोजना हुने खड्काको सचिवालयले जनाएको छ।
  • सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि खड्का पक्षले छलफलका लागि बैठकहरू गरिरहेका छन्।

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा भोलि आइतबार सवा १२ बजेका लागि बैठक बोलाइएको खड्काको सचिवालयले जनाएको छ ।

‘उपत्यकामा उपलब्ध १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल आयोजना गरिएको हो,’ खड्काको सचिवालयले भन्यो ।

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार निर्णय दिएको थियो । गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको विशेष महाधिवेशनलाई गत माघ ४ गते निर्वाचन आयोगले वैधानिकता दिएपछि खड्का सर्वोच्च अदालत गएका थिए ।

अदालतले आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वको कार्यसमितिलाई बैधानिकता दिएपछि खड्का पक्ष शनिबार पनि छलफलमा जुटेको छ ।

गोल्फुटारस्थित खड्कानिवासमा आज पनि बैठक बस्यो । बैठकमा खड्कासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहित नेताहरू एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक लगायत सहभागी छन् ।

डा. शेखर कोइराला र उनी पक्षधर नेता भने बैठकमा सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?