+

कलाम अली र वसन्त शाही नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षक नियुक्त

२०८३ वैशाख  ६ गते १३:०९ २०८३ वैशाख ६ गते १३:०९
कलाम अली र वसन्त शाही नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमका सहायक प्रशिक्षक नियुक्त भएका छन्।
  • नेपाल क्रिकेट संघले कलाम र वसन्तलाई आगामी यूएईसँगको टी-२० आई सिरिजअघि सहायक प्रशिक्षक नियुक्त गरेको हो।
  • ज्ञानेन्द्र मल्लले राजनीतिमा होमिएपछि सहायक प्रशिक्षक पद छाडेका थिए र उनीहरूको स्थानमा कलाम र वसन्त नियुक्त भएका हुन्।

६ वैशाख, काठमाडौं । कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कलाम र वसन्तलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । कलाम यसअघि नेपाल ‘ए’ को प्रशिक्षक रहिसकेका छन् भने वसन्त पनि नेपालको सहायक प्रशिक्षक भइसकेका छन् ।

नेपाल र यूएईबीच हुन लागेको टी-२०आई सिरिज र आगामी लिग २ सिरिज अघि दुई सहायक प्रशिक्षक नियुक्त गरिएको हो ।

कलाम अली पीएम कप क्रिकेटमा बागमती प्रदेशको प्रशिक्षक थिए भने वसन्त शाही लुम्बिनी प्रदेशका प्रशिक्षक थिए ।

यस्तै एनपीएलको दोस्रो संस्करणमा कलाम चितवन राइनोजका मुख्य प्रशिक्षक थिए भने वसन्त काठमाडौं गोर्खाजको सहायक प्रशिक्षक थिए ।

यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल थिए । उनी रास्वपामार्फत राजनीतिमा होमिएपछि सहायक प्रशिक्षक पद छाडेका थिए ।

नेपाल र यूएईबीचको दुई खेल सोमबार र मंगलबार हुँदैछ ।

कलाम अली नेपाली क्रिकेट टोली वसन्त शाही ठकुरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय