News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पिक कमिटीले छैटौं एसियन बिच गेम्स २०२६ मा सहभागिता जनाउने महिला कबड्डी टिम र कुस्तीका खेलाडीलाई बिदाइ गरेको छ ।
- कुस्तीमा पुरुषतर्फ सुरेश चुनारा र त्रिलोकी प्रसाद यादवले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ सुशिला चन्दले ७० केजीमा प्रतिस्पर्धा गर्नेछिन् ।
- ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई नेपालको नाम उच्च राख्दै उत्कृष्ट प्रदर्शन गर्न अनुरोध गरे ।
६ वैशाख, काठमाडौं । छैटौं एसियन बिच गेम्स २०२६ मा नेपालको तर्फबाट सहभागिता जनाउने दुई खेलका खेलाडीलाई नेपाल ओलम्पिक कमिटीले बिदाइ गरेको छ ।
नेपाल ओलम्पिक संघ(एनओसी) ले आइतबार कमिटीको कार्यालय सातदोबाटोमा खेलाडीहरुलाई बिदाइ गरेको हो । चीनको सान्यामा हुने छैटौं एसियन बीच गेम्सका लागि नेपालको तर्फबाट २ वटा खेलले सहभागिता जनाउनेछ ।
नेपालबाट महिला कबड्डी टिम र कुस्तीले नेपालको तर्फबाट छैटौं एसियन बीच गेम्समा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको लागि यस प्रतियोगितामा कबड्डीबाट ६ खेलाडीसहितको टिम र कुस्तीमा पुरुष तर्फ २ र महिला तर्फ १ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष तर्फ सुरेश चुनाराले ८० किलोमा प्रतिस्पर्धा गर्नेछन् भने त्रिलोकी प्रसाद यादवले ९० केजी माथिको तौलमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सुशिला चन्दले ७० केजीमा प्रतिस्पर्धा गर्नेछिन् ।
खेलाडीलाई बिदाइ गर्दै ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई आफ्नो उत्कृष्ट दिँदै नेपालको नाम उच्च राख्दै खेल्न अनुरोध गरे । उनले यसपटक चाहेर पनि नेपालबाट धेरै खेल सहभागी गराउन नसकेको भन्दै खेलेका खेलहरूले राम्रो प्रदर्शन गरी नेपालको नाम राख्न शुभकामना दिए ।
‘विश्ववरियताका आधारमा सहभागी हुन पाउने भएकाले धेरै खेल सहभागी गराउने इच्छा हुँदा पनि हामीले सहभागिता गराउन सकेनौं । तर सहभागी तपाईंहरुले नेपालको नाम राख्ने गरी राम्रो प्रदर्शन गर्नुहोला’ उनले भने ।
बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैध, महासचिव राजिव श्रेष्ठ लगायतका पदाधिकारीहरु उपस्थित रहेका थिए ।
नेपाली टिमको सेभ दि मिसनमा राम कृष्ण श्रेष्ठ (बोस) छन् ।

प्रतिक्रिया 4