+

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

२०८३ वैशाख  ६ गते २०:५५ २०८३ वैशाख ६ गते २०:५५
खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाइजेरियन टोली जष्ट जोन एफसीले बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
  • फाइनलमा जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले हराउँदै च्याम्पियन बनेको छ ।
  • विजेता टोलीले ४ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

६ वैशाख नेपालगन्ज । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले जितेको छ ।

खजुरा गाँपालिका-४ डि गाउँस्थित मिनी रंगशालामा आइतबार भएको फाइनलमा नाईजेरियन टोली जष्ट जोनले जेविएम क्लब लखनउ भारतलाई ४–० गोलले हराउँदै च्याम्पियन बन्यो ।

नाइजेरियाको जितमा क्लब कोनले दुई तथा एडवार्ड थोमस र ओलावी अफीजले एक एक गोल गरे ।

उपाधिसँगै नाईजेरियन जष्ट जोनले ४ लाख तथा उपविजेता जेविएमले ४ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र आयोजकले वितरण गर्यो ।

यसैगरी जेबिएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्श एफसी नवलपरासीका नवीन महतो सर्बाधिक गोलकर्ता बने ।

प्रतियोगिताका विजेता टिमले विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिएको हो । वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले बताए । प्रतियोगिताका सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एम्टी एरिना लगायतले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीहरुलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल लगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता समापनमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले प्रतियोगितालाई ऐतिहासिक उपलब्धिका रुपमा लिँदै अर्को संस्करण अझ भव्य बनाउनका लागि खजुरा तयार हुने उल्लेख गरे ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा चैत ३० गतेदेखि भएको प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता थियो ।

खजुरा गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय