News Summary
Generated by OK AI. Editorially reviewed.- बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको ३५औं उपाधि जितेको छ।
- बायर्नले स्टटगार्टलाई ४–२ ले पराजित गर्दै पछिल्ला १४ सिजनमध्ये १३औं पटक लिग उपाधि जितेको हो।
- यो जितसँगै बायर्नले ट्रेबल जित्ने सम्भावना कायम राखेको छ र जर्मन कप तथा च्याम्पियन्स लिगमा सेमिफाइनल खेल्नेछ।
७ वैशाख, काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा स्टटगार्टलाई ४–२ ले पराजित गर्दै ३५औं उपाधि जितेको हो ।
आलियान्ज एरिनामा भएको खेलमा सुरुआतमा स्टुटगार्टले २१औं मिनेटमा क्रिस फ्युरिखको गोलबाट अग्रता लिएको थियो । तर त्यसपछि बायर्नले उत्कृष्ट पुनरागमन गर्यो ।
राफायल गुएरेरोले बराबरी गोल फर्काएपछि निकोलस ज्याक्सनले टोलीलाई अग्रता दिलाए । पहिलो हाफमै अल्फोन्सो डेभिसले अर्को गोल थप्दै बायर्नलाई ३–१ को अवस्थामा पुर्याए ।
दोस्रो हाफमा ह्यारी केनले आफ्नो सिजनको ३२औं गोल गर्दै अग्रता ४–१ बनाए । खेलको अन्त्यतिर स्टुटगार्टका चेमा आन्द्रेसले एक सान्त्वना गोल फर्काए ।
यस जितसँगै बायर्नले पछिल्ला १४ सिजनमध्ये १३औं पटक लिग उपाधि जितेको छ । यस सिजन बायर्नले उत्कृष्ट प्रदर्शन गर्दै अहिलेसम्म १०९ गोल गरेको छ भने मात्र २९ गोल बेहोरेको छ ।
टोलीका लागि केन, माइकल ओलिसे र लुइस डियाजले मिलेर ५९ गोल गरेका छन्, जसले बायर्नको आक्रमणलाई निकै बलियो बनाएको छ ।
यो जितसँगै बायर्नको ट्रेबल (तीन उपाधि) जित्ने सम्भावना पनि जीवितै छ । अब उसले जर्मन कपमा बायर लेभरकुसेन र च्याम्पियन्स लिगमा पीएसजीसँग सेमिफाइनल खेल्नेछ ।
प्रतिक्रिया 4