+
+
WC Series
Won Nepal
129/2 (15.5)
VS
Nepal win by 8 wickets
UAE
128/8 (20)
Shares

संसद्‌मा कडा नियम : फोनमा कुरा गरे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने

बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने हुन्छ । सभामा सभामुखले समय दिएपछि मात्र बोल्न पाइन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा नियमावली २०८३ को मस्यौदा तयार भएको छ जसमा सभाको बैठकमा पालन गर्नुपर्ने नियमहरू समावेश छन्।
  • नियमावलीअनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने र सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आसन ग्रहण गर्नेछन्।
  • बैठकमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोटो खिच्न र रेकर्ड गर्न नपाइने नियम बनाइएको छ र उल्लंघनमा सभामुखले कारबाही गर्न सक्नेछन्।

८ वैशाख, काठमाडौं । प्रतिनिधिसभा नियमावली २०८३ को मस्यौदा तयार भएको छ । जसमा सभाको बैठकमा पालन गर्नुपर्ने नियम लगायतका विषय छन् ।

नियमावलीअनुसार प्रतिनिधिसभाको बैठकमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने हुन्छ । सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नेछन् ।

बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने हुन्छ । सभामा सभामुखले समय दिएपछि मात्र बोल्न पाइन्छ ।

बैठकमा बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने हुन्छ ।

सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न हुँदैन र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने हुन्छ ।

‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने’ बैठकमा पालन गर्नुपर्ने नियम अन्तर्गत लेखिएको छ ।

कुनै सांसद बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न हुँदैन ।

बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न पाइँदैन् ।

फोनमा कुरा गर्न बन्देज

नियमावलीअनुसार बैठक कक्षमा फोन मौन अवस्थामा राखुपर्ने हुन्छ । फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न पनि पाइँदैन् ।

छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरू पनि व्यवस्थित गरिएको छ ।

जसअनुसार सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ ।

सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न पाइँदैन् ।

अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न पाइँदैन् । कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न हुँदैन ।

बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने नियम पनि बनाइएको छ ।

संसद्मा सांसदले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनुपर्नेछ ।

कुनै सदस्यले असम्बद्ध कुरा बोलिरहेमा वा आफ्नो वा अरू कसैको तर्कलाई बारम्बार दोहोरÞ्याइ रहेमा सभामुखले निजको वक्तव्यप्रति बैठकको ध्यान आकर्षित गर्दै विषय केन्द्रित भई भनाई राख्न आग्रह गर्न सक्नेछ । विषय केन्द्रित भई भनाई नराखेमा निजलाई बोल्न बन्द गर्न आदेश दिन सक्नेछ । त्यस्तो आदेश हुनासाथ सो सदस्यले बोल्न बन्द गरी आफ्नो स्थान ग्रहण गर्नुपर्नेछ ।

छलफल चलिरहेको समयमा सम्बन्धित विषयमा कुनै सदस्यले आवश्यक सम्झेमा सभामुख मार्फत स्पष्टीकरण माग गर्न पाउनेछ ।

सभामुखको अनुमति लिई कुनै सदस्यले सदनको जानकारीको लागि आफूसँग सम्बन्धित विषयमा स्पष्टीकरण दिन सक्नेछ ।

तर त्यस्तो स्पष्टीकरण दिँदा कुनै विवादास्पद विषय उठाउन पाइने छैन ।

यी नियम उल्लंघन गरे सभामुखले आवश्यक कारबाही गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?