News Summary
Generated by OK AI. Editorially reviewed.- सनराइजर्स हैदराबादले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ।
- अभिषेक शर्माले ६८ बलमा १३५ रन बनाएर हैदराबादलाई २४२ रनको विशाल स्कोर बनाउन मद्दत गरे।
- हैदराबादले ७ खेलमा ८ अंकसहित तेस्रो स्थान हासिल गरेको छ भने दिल्ली ६ खेलमा ६ अंकसहित पाँचौं स्थानमा छ।
८ वैशाख, काठमाडौं । अभिषेक शर्माले शानदार शतक बनाएपछि विशाल योगफल खडा गरेको सनराइजर्स हैदराबादले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा हैदराबादले दिल्लीलाई ४७ रनले पराजित गरेको हो । हैदराबादले दिएको २४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनायो ।
नितिश रानाले सर्वाधिक ५७ रन बनाए भने समिर रिज्भीले ४१ रन बनाए । केएल राहुलले ३७ अनि ट्रिस्टन स्टब्सले २७ रन बनाए ।
हैदराबादका लागि इशान मलिंगाले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । हर्श दुबेले ३ तथा दिल्शान मदुशन्का र साकिब हुसेनले १-१ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले अभिषेकको अविजित शतक मद्दतमा २० ओभरमा २ विकेट गुमाएर २४२ रन बनाएको थियो । अभिषेकले ६८ बलमा १० चौका र १० छक्कासहित अविजित १३५ रन बनाए ।
हेनरिक क्लासेनले १३ बलमा अविजित ३७ रन बनाए । ट्राभिस हेडले २६ बलका ३७ तथा कप्तान इशान किशनले १३ बलमा २५ रन बनाए ।
दिल्लीका लागि कप्तान अक्षर पटेलले एक विकेट लिए । अर्को एक विकेट रनआउटमार्फत आएको थियो ।
यो जितसँगै ७ खेलमा ८ अंक भएको हैदराबाद तेस्रो स्थानमा उक्लिएको छ भने पराजित दिल्ली ६ खेलमा ६ अंकसहित पाँचौं स्थानमा यथावत् छ ।
प्रतिक्रिया 4