News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।
- एर्लिङ हालान्डले पाँचौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
- बर्नलीको हारपछि टोली रेलिगेसनमा परेको छ र अर्को सिजन च्याम्पियनसिपमा खेल्नेछ।
१० वैशाख, काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीसँग पराजित भएको बर्नली भने रेलिगेसनमा परेको छ ।
बर्नलीको घरेलु मैदान टर्फ मूरमा भएको खेलमा सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै उपाधि होडमा अगाडि आएको हो । सिटीले उत्कृष्ट लय समात्दै पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।
खेलको पाँचौं मिनेटमा नै एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । जेरेमी डोकुको पासमा उनले राम्रो फिनिस गरेका थिए । खेलभर सिटीले थप अवसर सिर्जना गरे पनि गोल भने भएनन् ।
बर्नलीले पनि केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । हारसँगै प्रशिक्षक स्कट पार्करको टोली लिगबाट घटुवा हुँदै अर्को सिजनका लागि च्याम्पियनसिपमा झरेको छ ।
अब सिटी पाँच खेल बाँकी रहँदा उपाधि जित्ने बलियो दाबेदार बनेको छ । सिटी र आर्सनलको ३३ खेलबाट समान ७० अंक छ । दुवैको गोलअन्तर पनि समान छ । गोल गरेको आधारमा सिटी अगाडि पुगेको हो ।
प्रतिक्रिया 4