+

चोटग्रस्त ब्याटरको स्थानमा चेन्नईले भित्र्यायो पेस बलर

२०८३ वैशाख  १० गते १६:५३ २०८३ वैशाख १० गते १६:५३
चोटग्रस्त ब्याटरको स्थानमा चेन्नईले भित्र्यायो पेस बलर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेन्नई सुपर किङ्सले आईपीएल २०२६ का बाँकी खेलका लागि आकाश मधवाललाई आयुष म्हात्रेको स्थानमा टोलीमा समावेश गरेको छ।
  • आयुष म्हात्रे बायाँ ह्यामस्ट्रिङ चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् भने आकाश मधवाललाई ३० लाख भारतीय रुपैयाँमा भित्र्याइएको छ।
  • आकाश मधवालले आईपीएलमा १७ खेलमा २३ विकेट लिएका छन् र डेब्यू सिजनमा लखनउ सुपर जायन्ट्सविरुद्ध इलिमिनेटर खेलमा ५ विकेट लिएका थिए।

१० वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्स (सीएसके) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का बाँकी खेलका लागि आकाश मधवाललाई टोलीमा समावेश गरेको छ ।

उनी आयुष म्हात्रेको स्थानमा टोलीमा आएका हुन्, जो चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । आयुष टप अर्डर ब्याटर हुन् भने आकाश पेस बलर हुन् । सीएसकेले मधवाललाई ३० लाख भारतीय रुपैयाँमा टोलीमा भित्र्याएको हो ।

दायाँहाते पेस बलर मधवालले यसअघि मुम्बई इन्डियन्सबाट सन् २०२३ र २०२४ मा खेलेका थिए भने त्यसपछि राजस्थान रोयल्सबाट सन् २०२५ मा खेलेका थिए ।

उनले आईपीएलका १७ खेलमा २३ विकेट लिएका छन् । साथै, उनले आफ्नो डेब्यू सिजनमा लखनउ सुपर जायन्ट्सविरुद्ध इलिमिनेटर खेलमा ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उता, भारतको यू–१९ विश्वकप विजेता टोलीका कप्तान समेत रहेका म्हात्रेले यस सिजन सीएसकेका लागि राम्रो सुरुआत गरेका थिए । उनले ६ खेलमा दुई अर्धशतक बनाएका थिए ।

तर, सनराइजर्स हैदराबादविरुद्धको खेलमा ब्याटिङ गर्ने क्रममा बायाँ ह्यामस्ट्रिङमा चोट लागेपछि उनी प्रतियोगिताबाटै बाहिरिएका हुन् ।

आकाश मधवाल आयुष म्हात्रे

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय