+
+
Shares

किस्ट बैंक घोटाला प्रकरण : ठमेल शाखाका टेलर हेड पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते ८:५८

१२ वैशाख, काठमाडौं । तत्कालीन किस्ट बैंक घोटाला प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा किस्ट बैंकको ठमेल शाखाका टेलर हेड ४८ वर्षीय रोहतिलाल श्रेष्ठ छन् । काठमाडौंको साङ्ला बस्ने उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

तत्कालीन किस्ट बैंकका कर्मचारीले बैंकको नक्कली कागजात, छाप, नक्कली कर्मचारीदेखि सुरक्षागार्ड समेत तयार पारी बैंकलाई झुक्याएर हानी नोक्सानी गरेका थिए ।

उक्त मुद्दामा हाल पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले १५ असोज २०८० मा २ वर्ष कैद र १३ लाख ३३ हजार ३३३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

फैसला कार्यान्वयका लागि उनलाई काठमाडौं जिल्ला अदालत पेश गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?