+
+
Shares

सुकुमवासी बस्तीकी कान्छिमायाको दुखेसो– सरकारले भनेको भए किन कोठा खोज्थेँ र ?

सरकारले डोजर लगाएर बस्ती हटाएपछि अब कोठा खोजिएको ठाँउमा सार्ने तयारीमा छिन् । घरका सबै सामान सडकमा निकालेकी छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ वैशाख १२ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि भत्किरहेका छन्।
  • सरकारको निर्देशन र आश्वासन अनुसार बस्तीबाट स्थानान्तरण भइरहेका उनीहरूले नयाँ कोठा खोज्ने तयारी गरिरहेका छन्।
  • कान्छिमाया प्रजा पाँच जनाको परिवारसहित कोठा खोजेर कुपोन्डोल सार्ने योजना बनाएकी छन् र भाडा तिर्न समस्या भएको बताएकी छन्।

१२ वैशाख, काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि भत्किरहेका छन् ।

वर्षौंदेखि सो क्षेत्रमा बसेका उनीहरू सरकारको निर्देशन र आश्वासन दुवै बोकेर बस्तीबाट स्थानान्तरण हुँदैछन् ।

केही परिवार सरकारको सम्पर्कमा छन्, केहीले आफन्तकोमा आश्रय लिएका छन् ।

यसैबीच शनिबार बस्तीमा डोजर चलिरहँदा भेटिइन्, सोही बस्तीमा बस्दै आएकी कान्छिमाया प्रजा । ५५ वर्षीया उनी ५ जनाको परिवारसहित बस्तीमा बसिरहेकी थिइन् ।

तर, सरकारले डोजर लगाएर बस्ती हटाएपछि अब कोठा खोजिएको ठाँउमा सार्ने तयारीमा छिन् । घरका सबै सामान सडकमा निकालेकी छन् ।

उनका अनुसार, उनले कुपोन्डोलमा कोठा खोजिसकेकी छन् । अब पाँच जनाको परिवार उतै बस्ने योजनामा छन् ।

‘सरकारले के गर्छु, कसो गर्छु पनि भनेन । त्यसैले बिचल्ली होला भनेर कोठा खोज्यौं,’ सरकारले राम्रोसँग सवाद नगर्दा अन्योल भएको बताउँदै उनले भनिन्, ‘दि यहाँ लग्छु, राख्छु भनेर राम्रोसँग हामीलाई आएर भनेको भए किन कोठा खोज्थेँ र ?’

धादिङमा पुर्खौली सम्पती बाढीले बगाएपछि २० वर्षअघि थापाथली सुकुमवासी आएकी कान्छीमाया परिवारको लागि अरु घरको ज्यालादरी काम गरेर कमाई गर्छिन् ।

‘अब कसरी भाडा तिर्ने, परिवार धान्ने थाहा छैन । अब त झन काम गर्नुपर्छ,’ उनले सुनाइन् ।

कान्छिमायाजस्तै अरू केही पनि सडकमा सामान निकाले अब के गर्ने, कसो गर्ने भन्ने द्वीविधामा देखिन्छन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?