+
+
Shares

सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भन्दै बदरको मागसहित सर्वोच्चमा रिट

सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
  • सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बुधबार उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाई हुने जानकारी दिएका छन् ।
  • सिलवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य नियमित निकायको कार्यक्षेत्र जुध्ने गरी समानान्तर आयोग गठन भएकोमा प्रश्न उठाएका छन् ।

१५ वैशाख, काठमाडौं । सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले आयोग खारेज हुनुपर्ने माग सहित दर्ता गरेको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

सार्वजनिक पदमा भएका व्यक्तिको सम्पत्ति जाचबुझ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसबाहेक राज्यका अरु नियमित निकाय रहेको दावी सहित सिलवालले ती निकायको कार्यक्षेत्र जुध्नेगरी समानान्तर आयोग गठन भएकोमा प्रश्न उठाउदै रिट निवेदन दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?