+
+
Shares

कुष्ठरोगका कारण विवाह बदर हुने कानुनी व्यवस्था खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा ७१(२)(ग)मा रहेको कुष्ठरोग सम्बन्धी व्यवस्था खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १८:४९

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा ७१(२)(ग)मा रहेको कुष्ठरोग सम्बन्धी व्यवस्था खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

उक्त ऐनको दफा ७१ मा विवाह हुन नसक्ने अवस्थाका पुरुष र महिलाविच विवाह गराउन नहुने प्रावधान थियो । त्यही दफाको उपदफा २(ग) मा कुष्ठरोग भएका पुरुष वा महिलालाई झुक्याइ विवाह गर्न नहुने व्यवस्था थियो ।

‘कुष्ठरोग पहिले निको नहुने र घातक रोगको रूपमा रहेछ । अहिले उपचारपछि रोग निको हुन्छ र मानिस सामान्य अवस्थामा फर्किनसक्छ भन्ने दृष्टिकोणका साथ उक्त कानूनी व्यवस्था खारेज हुनुपर्ने माग राखी निवेदन परेको रहेछ’, सर्वोच्च अदालतका प्रवक्ता कोइरालाले भने, ‘त्यही माग बमोजिम कुष्ठरोग सम्बन्धी कानून व्यवस्था खारेज हुने निर्णय भएको हो ।’

अधिवक्ता प्रल्हाद महत लगायतले दायर गरेको रिट निवेदनमा कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल, अनि न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले उक्त कानूनी व्यवस्था खारेज हुने आदेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?