+

नेपाल कुष्ठरोग निवारण संघको ५३औं केन्द्रीय सभा सम्पन्न

२०८२ मंसिर  २८ गते १२:२० २०८२ मंसिर २८ गते १२:२०
नेपाल कुष्ठरोग निवारण संघको ५३औं केन्द्रीय सभा सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा काठमाडौंमा सम्पन्न भएको छ।

२ मंसिर, काठमाडौँ । नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा शनिबार काठमाडौंमा ५३औँ केन्द्रीय सभा आयोजना गरिएको हो ।

संघका अध्यक्ष डा. रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सभामा महासचिव विष्णुलाल श्रेष्ठले २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खोकना आरोग्य आश्रमका कुष्ठरोग प्रभावित वृद्धवृद्धाहरूलाई रु. ५ हजार नगदसहित सम्मान गरिएको थियो । सभाका विशिष्ट अतिथि डा. गौरीशंकर लाल दासले कुष्ठरोगको समयमै उपचार गरे अपांगता हुनबाट बच्न सकिने बताए । उनले अझै पनि समाजमा कुष्ठरोग लुकाउने र समयमा उपचार नगर्ने समस्या रहेको उल्लेख गर्दै यसप्रति सचेतना आवश्यक रहेको धारणा राखे ।

कुष्ठरोग पूर्णरूपमा निको हुने रोग भए पनि भेदभावको डरले लुकाउने प्रवृत्तिले अझै रहेको सभामा सहभागीहरूले बताएका थिए ।

संघका प्रमुख प्रगति तथा गतिविधिहरू

संघले छात्रावास सञ्चालन गरेको फर्पिङस्थित नेपाल कार्ल गेरोल्ड बाल निकेतन छात्रावासमा कुष्ठरोग प्रभावितका ५८ जना बालबालिका लाई आवास, शिक्षा र अन्य सुविधा प्रदान गरिएको छ । गत वर्षको एसईई परीक्षा दिएका ६ जनामध्ये ४ ले बी ग्रेड र २ ले सी ग्रेड प्राप्त गरेका थिए । हालसम्म ७५५ विद्यार्थीले संघको सहयोगमा विद्यालयस्तरको शिक्षा पूरा गरेका छन् ।

साथै उच्च शिक्षामा छात्रवृत्ति पनि दिइरहेको छ । नर्सिङ, आईटी, मेडिकल ल्याब, कम्प्युटर इन्जिनियरिङलगायत विषयमा २६ जनालाई छात्रवृत्ति प्रदान गरेको छ ।यसमार्फत हालसम्म १८९ जना लाभान्वित भएका छन् ।

सामुदायिक विद्यालयमा कुष्ठ प्रभावित तथा द्वन्द्वपीडितका ५८ बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । संघले सञ्चालन गरेको खोकना आरोग्य आश्रममा १३३ जना र पोखरा आश्रममा १३ जना कुष्ठरोग प्रभावितलाई आश्रय दिइरहेको छ । जसमा खाद्यान्न, लत्ताकपडालगायत सुविधा दिइन्छ। ६७ जनाले जीवन निर्वाह भत्ता समेत पाइरहेका छन्

संघले कुष्ठरोग प्रभावितहरूका लागि सामाजिक पुनर्स्थापना अन्तरगत १८० घर निर्माण गरी २५८ परिवारका ७०० जनालाई पुनर्स्थापित गरेको छ । प्रतिवेदनमा सरकारी तथ्यांक उल्लेख गर्दै तराई र पहाडका १८ जिल्लामा कुष्ठरोगको प्रकोप बढीरहेको र वार्षिक करिब ३ हजार नयाँ बिरामी फेला पर्ने जानकारी उल्लेख छ ।

संघले नेपाल सरकार, विभिन्न मन्त्रालय, दातृ संस्था तथा नगरपालिकालाई सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ । पुनर्स्थापना र जनचेतनामार्फत कुष्ठरोग निवारणमा संघको योगदान प्रशंसनीय रहेको सभामा सहभागीहरूले बताएका छन् ।

कुष्ठरोग पूर्णरूपमा निको हुने रोग भए पनि समाजमा अझै भेदभाव र लुकेर बस्ने प्रवृत्ति रहेको सभामा छलफल भएको थियो । संघले शिक्षा, पुनर्स्थपना र जनचेतनामार्फत कुष्ठरोग निवारणमा योगदान दिइरहेको छ ।

कुष्ठरोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय