+
+
Shares

सिंहदरबारमा सुरु भयो रास्वपा संसदीय दलको अनौपचारिक बैठक

अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित कार्यालयमा सुरु भएको छ।
  • पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकाका सांसदहरू बैठकमा उपस्थित छन्।
  • सरकारले मंगलबार दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि पार्टीले विरोध जनाउँदै छलफल गर्न लागेको छ।

१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् ।

सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?