+
+
Shares

कांग्रेस राष्ट्रिय सभा सचेतकबाट रोकायालाई हटाइयो, परियार मनोनीत

पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उनलाई सचेतक पदमा मनोनयन गरिएको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले राष्ट्रिय सभाको सचेतकमा पदम बहादुर परियारलाई मनोनीत गरेको छ।
  • संसदीय दलका नेता भीष्मराज आङदेम्बेले परियारलाई सचेतक पदमा मनोनयन गरेका हुन्।
  • राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई मनोनीत गरिएको छ।

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको सचेतकमा पदम बहादुर परियारलाई मनोनीत गरेको छ ।

संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेले परियारलाई सचेतक पदमा मनोनयन गरेका हुन् ।

पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उनलाई सचेतक पदमा मनोनयन गरिएको जनाइएको छ ।

यसअघि राष्ट्रिय सभाको सचेतकमा कृष्णबहादुर रोकाया थिए । उनलाई हटाएर परियारलाई सचेतक बनाइएको हो ।

कांग्रेसले आजै राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई मनोनीत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?