News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वासना थापालाई प्रमुख सचेतक र निश्कल राईलाई सचेतकमा मनोनयन गरेका छन्।
- मनोनयन कांग्रेस संसदीय दलको विधान २०८३ को धारा १३(२) र १३(३) अनुसार गरिएको संसदीय दलको कार्यालयले जनाएको छ।
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज मनोनयन गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4