+
+
Shares

यी हुन् त्रिविले जग्गा खाली गर्न पत्र काटेका १७ संघ-संस्था

त्रिभुवन विश्वविद्यालयले १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ।
  • त्रिविको सामान्य प्रशासन महाशाखाले ४ वैशाखमा जग्गा अतिक्रमण गर्ने संघ-संस्थालाई ३५ दिने सूचना जारी गरेको थियो।
  • त्रिविको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरिएको छ।

१७ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ ।

त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका संघ-संस्था र संगठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा १७ वटा संघ–संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको हो ।

‘३५ दिने सार्वजनिक सूचना जारी भइसकेको छ । १७ वटा संघ, संस्था र संगठनलाई पत्र काटेका छौँ,’ सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले भने ।

त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका संघ–संस्थाले प्रयोग गरेको पाइएको छ । त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा त्रिविले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको हो ।

त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?