News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय अमृतधन कुलुङ राई पक्राउ परेका छन्।
- पीडित युवतीले २०८२ साल माघ २० गते दुधेमा पुरानो घरमा करणी भएको जाहेरी वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा दिएकी थिइन्।
- प्रहरी टोलीले वैशाख १६ गते राईलाई दुधे चोकबाट नियन्त्रणमा लिएको र जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।
१९ वैशाख,विराटनगर । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा शिवसताक्षी नगरपालिका–९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राई पक्राउ परेका हुन् ।
२०८२ साल माघ २० गते दिउँसो शिवसताक्षी–९ दुधेस्थित आफ्नो पुरानो घरमा लगि जबरजस्ती करणी गरेको भन्दै युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन् ।
पीडितको जाहेरी परेको दुई दिनपछि वैशाख १६ गते प्रहरी टोलीले राईलाई दुधे चोकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4