+
+
Shares

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते ६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जारी गरेको अध्यादेशले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई पदमा यथावत राख्ने व्यवस्था गरेको छ।
  • तीनवटा सरकारी बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतलाई अध्यादेशले असर नगर्नेछ।
  • अध्यादेशले बैंक तथा वित्तिय संस्था ऐनअन्तर्गत नियमावली बमोजिम नियुक्त पदाधिकारीहरुको नियुक्ति र पदमुक्ति प्रक्रियामा कुनै परिवर्तन नगरेको छ।

२० वैशाखकाठमाडौं । सरकारले शनिबार जारी गरेको अध्यादेशले नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकमा नियुक्ति भएका पदाधिकारीहरुलाई भने असर पर्नेछैन ।

११० वटा कानून संशोधन हुनेगरी जारी भएको अध्यादेशमा नेपाल राष्ट्र बैंक ऐन परेको छैनजसका कारण गभर्नर विश्वनाथ पौडेल आफ्नो पदमा यथावत रहनेछन् । कतिपयले राजनीतिक नियुक्ति खारेजीमा नेपाल राष्ट्र बैंकका गभर्नर पनि पदमुक्त हुने आँकलन गरेका थिए ।

तीनवटा सरकारी बैंकका पदाधिकारीहरुलाई पनि अध्यादेशले प्रभाव पार्नेछैन । नेपाल बैंक लिमिटेडकृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षसञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत(सीईओ) लगायतका पदाधिकारीहरुको सरकारले नियुक्ति गर्छ ।

तरउनीहरु बैंक तथा वित्तिय संस्था ऐनअन्तर्गत बनेको नियमावली बमोजिम नियुक्त भएका हुन् । सरकारले नै नियमावली संशोधन गर्न पाउने सुविधाका कारण उनीहरुको नियुक्ति र पदमुक्ति ऐनसँग जोडिदैछ ।

राष्ट्रपति कार्यालयसम्वद्ध स्रोतका अनुसारऐन मातहतका नियमावली र विनियमावली बमोजिम नियुक्त हुने पदाधिकारीहरुका बारेमा अध्यादेशले सम्बोध गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?