News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ।
- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले उक्त अध्यादेश दर्ता भइसकेको र अध्ययनको क्रममा रहेको बताए।
- सरकारले जम्मा ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ, जसमा सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन्।
१८ वैशाख, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।
‘सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पनि यसअघि नै आइसकेको हो, अध्ययनको क्रममै छ,’ उनले भने ।
सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।
जसमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।
अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए ।
संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4