+
+
Shares

आज रास्वपा सचिवालय बैठक, स्थानीय तह उम्मेदवार छनोटको रुपरेखाबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते ८:०६

२० वैशाखकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ ।

साथै विविध शीर्षकमा समसामयिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।

बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछानेबाट निर्देशन जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?