+
+
Shares

काठमाडौं मोडेल कलेजले कर्मचारीलाई दिन थाल्यो १५ दिनमा तलब

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १५:१३

२० वैशाख, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल माध्यमिक विद्यालय/कलेजले आफ्ना शिक्षक तथा कर्मचारीलाई १५/१५ दिनमा तलब दिन थालेको छ ।

विद्यालयले चालु वैशाख महिनाबाटै लागु हुने गरी १५/१५ दिनमा तलब दिन थालेको जनाएको छ । सरकारले कर्मचारीहरूको तलब १५/१५ दिनमा उपलब्ध गराउने नीति अवलम्बन गर्न थालेपछि विद्यालयले पनि सरकारको उक्त नीति समर्थन र अनुशरण गर्दै यसरी तलब दिन थालिएको जनाएको छ ।

विद्यालय सञ्चालन तथा व्यवस्थापन समितिको यो निर्णयले सबै शिक्षक तथा कर्मचारीमा नयाँ ऊर्जा थप्ने आशा लिइएको विद्यालयले जनाएको छ । काठमाडौं मोडेल कलेजले पनि आफ्ना शिक्षक तथा कर्मचारीको १५ दिनको तलब पठाइसकेको छ ।

यसअघि सामाजिक सुरक्षा लागु गर्ने सन्दर्भमा पनि काठमाडौं मोडेल मावि सबैभन्दा अगाडि रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?