News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै निजी क्षेत्रले कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताए।
- उहाँले ३६ वर्षका प्रधानमन्त्री र आफू ५० वर्षका सबैभन्दा वृद्ध मन्त्री हुनु मुलुकमा ठूलो परिवर्तनको संकेत भएको उल्लेख गर्नुभयो।
- अर्थमन्त्री वाग्लेले प्रशासनिक बिचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि सरकार निर्मम हुने र पहुँचभित्रको काम गर्ने संस्कृतिको अन्त्य भएको बताउनुभयो।
२१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको बताए ।
‘चार–पाँच महिना अगाडि पनि कल्पना गर्नुभएको थियो यो देशमा ३६ वर्षका प्रधानमन्त्रीले दमदारसित यो देशलाई हाक्नुहुन्छ भन्नेकुरा कसैले कल्पना गर्नुभएको थियो ? भर्खर ५० नाघेको अर्थमन्त्री यो क्याबिनेटको सबैभन्दा वृद्ध सदस्य भनेर कसैले कल्पना गर्नुभएको थियो ? हामी त ८० वर्ष नपुगी हैन मन्त्री, प्रधानमन्त्री, वरिष्ठ नेता के–के के–के भन्ने त हुँदैन भन्या थियौं नि । यो त ठूलो परिवर्तन हो नि,’ अर्थमन्त्री वाग्लेले भने ।
अर्थमन्त्री वाग्लेले नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा रहेको बिचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि बर्तमान सरकार अझ निर्मम हुने पनि बताए ।
पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएको समेत उनको भनाइ छ ।
‘यो देश बनाउनको लागि निजी क्षेत्र बिना हामी सक्दै सक्दैनौं र अलिकति प्राइभेट सेक्टरको माइन्डसेट र एप्रोचमा पनि चेन्ज गर्नुपर्ने हुन्छ । र मैले त्यहाँ भनेको थिएँ कि धेरै उद्यमी व्यवसायीहरूलाई हाम्रो यो डिस्क्रेसन ओरिएन्टेड ब्युरोक्रेसी, रेगुलेटरीको यो कर्क्यापले गर्दा खेरी इमानदार पूर्वक उद्यम व्यवसाय गर्छु भन्नलाई लगभग असम्भव बनाइदिएको छ,’ उनले भने ।
प्रतिक्रिया 4