+
+
Shares

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन पराजित

स्टालिन सन् २०११ देखि लगातार कोलाथुर सिटबाट निर्वाचित हुँदै आएका थिए र यसपटक पनि उनको विजयलाई सहज मानिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १८:५९

२१ वैशाख, काठमाडौं । द्रविड मुन्नेत्र कझगम (डीएमके) का प्रमुख एवं तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन आफ्नै गढ कोलाथुरबाट चुनाव हारेका छन् ।

तमिलनाडुको विधानसभा निर्वाचनमा स्टालिनलाई तमिलगा भेत्री कझगम (टीभीके) का उम्मेदवार बीएस बाबुले आठ हजार ७९५ मतान्तरले पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार बीएस बाबुले ८२ हजार ९९७ मत प्राप्त गर्दा मुख्यमन्त्री स्टालिनले केवल ७४ हजार २०२ मत मात्रै पाए ।

स्टालिन सन् २०११ देखि लगातार कोलाथुर सिटबाट निर्वाचित हुँदै आएका थिए र यसपटक पनि उनको विजयलाई सहज मानिएको थियो । तर, यो पराजयसँगै स्टालिन तमिलनाडुको चुनावी इतिहासमा सत्तामा रहँदै आफ्नै सिट गुमाउने चौथो मुख्यमन्त्री बनेका छन् ।

तमिलनाडुमा बहालवाला मुख्यमन्त्रीले निर्वाचन हारेको यो घटना करिब तीन दशकपछिको पहिलो हो । यसअघि सन् १९९६ को विधानसभा निर्वाचनमा तत्कालीन मुख्यमन्त्री जे जयललिता बरगुर सिटबाट पराजित भएकी थिइन् । त्यसयता कुनै पनि बहालवाला मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र गुमाउनुपरेको थिएन ।

तमिलनाडुको लोकतान्त्रिक इतिहासलाई हेर्दा सन् १९५२ को पहिलो विधानसभा निर्वाचनमा कांग्रेसका पीएस कुमारस्वामी राजा श्रीविल्लिपुथुर सिटबाट पराजित भएका थिए ।

त्यसपछि सन् १९६७ मा कांग्रेस सत्ताबाट बाहिरिएर डीएमके शक्तिमा आउँदा तत्कालीन मुख्यमन्त्री एम भक्तवत्सलमले पनि श्रीविल्लिपुथुर सिटमै हार बेहोरेका थिए ।

स्टालिन डीएमकेका त्यस्ता पहिलो मुख्यमन्त्री बनेका छन्, जसले सत्ताको नेतृत्व गरिरहँदा पनि आफ्नै सिट रक्षा गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?