+
+
Shares

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १६:०६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले नातिकाजी स्मृति समाजको कार्यक्रममा २१ जना कलाकारलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको छ।
  • ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरिएको छ।
  • अध्यक्ष शम्भूजीत बासकोटाले नातीकाजीले सङ्गीतलाई सामाजिक चेतना जगाउने शक्तिशाली माध्यमका रुपमा प्रयोग गर्नुभएको उल्लेख गर्नुभएको छ।

काठमाडौं । नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान प्रदान गरे ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरियो । ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङलाई प्रदान गरिएको जनाइएको छ ।

साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं, महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको छ भने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ पाउनेमा विपना तामाङ्, सहिमा श्रेष्ठ, सुरेश लामा छन् ।

नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार प्रमोद उपाध्यायले प्राप्त गरेको नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी दिए । उनका अनुसार ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ अनन्त वाग्ले र गीता अधिकारीले प्राप्त गरेका छन् ।

अध्यक्ष बाँसकोटाले नातीकाजीले सङ्गीतलाई केवल मनोरञ्जनको साधनका रुपमा मात्रै होइन, सामाजिक चेतना जगाउने शक्तिशाली माध्यमका रुपमा प्रयोग गर्नुभएको उल्लेख गरे ।

‘उहाँका गीतमा देशप्रेम, संस्कृतिप्रेम, मानवीय संवेदना र जीवन दर्शनको अद्भूत संयोजन पाइन्छ, उहाँको योगदानले नेपाली सङ्गीतलाई उच्च स्थानमा पुराएको छ’, अध्यक्ष बासकोटाले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?