+
+
Shares

बर्दियाको गेरुवामा हाइलाइफले किसानलाई वितरण गर्‍यो मकवानपुरे धानको बीउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाइलाइफ एग्रो एन्ड फुड इन्डस्ट्रिजले बर्दियाको गेरुवा गाउँपालिका वडा ६ मा मकवानपुरे धानको बीउ ६१ जना किसानलाई वितरण गरेको छ।
  • किसानले गुणस्तरीय मल र बीउ नपाउने, बोट ढल्ने र उचित बजार मूल्य नपाउने समस्या राखेका थिए।
  • कम्पनीले माटो परीक्षण, बीउ रोप्ने विधि र आधुनिक प्रविधिको प्रशिक्षण दिने योजना बनाएको छ।

२५ वैशाख, बर्दिया । ‘किसानको हात, हाइलाइफको साथ’ भन्ने मूल नाराका साथ हाइलाइफ एग्रो एन्ड फुड इन्डस्ट्रिजले बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ६ मा एक विशेष मकवानपुरे धानको बीउ वितरण गरेको छ । बुधबार आयोजित उक्त कार्यक्रममा स्थानीय ६१ जना किसानको उत्साहजनक सहभागिता रहेको थियो ।

बीउ वितरण कार्यक्रममा किसानले आफ्ना जिज्ञासा हाइलाइफका प्रतिनिधिसमक्ष राखेका थिए । समयमा गुणस्तरीय मल र बीउ नपाइने, सामान्य बीउ प्रयोग गर्दा बोट ढल्ने र उचित बजार मूल्य नपाउने जस्ता समस्या रहेको किसानको गुनासो थियो ।

कार्यक्रममा उपस्थित हाइलाइफका सञ्चालक बासुदेव भुसालले किसानका जिज्ञासालाई सम्बोधन गर्दै मकवानपुरे धान खेती गर्न आग्रह गरे । उनले किसानलाई उत्पादित धानको उचित मूल्य र बजारको पूर्ण सुनिश्चितता दिने बताए । ‘तपाईंहरू ढुक्क भएर मकवानपुरे धान लगाउनुहोस्, यसलाई खरिद गर्ने जिम्मा कम्पनीले लिनेछ’ उनले भने ।

हाइलाइफ एग्रो एण्ड फुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले किसानलाई उत्थान गर्ने र उनीहरूका समस्या समाधान गर्ने आफ्नो दृढ भावना व्यक्त गरे । उनले भने ‘किसानहरूकै मेहनतबाट उत्पादित गुणस्तरीय मकवानपुरे धानका कारण हाइलाइफले उच्च स्तरको चिउरा उत्पादन गर्न सफल भएको छ।’

विकसित मुलुकहरूमा समेत यो चिउरा निर्यात हुने गरेको उनले बताए । कम्पनीले यसै वर्षदेखि उक्त क्षेत्रमा कृषि प्राविधिक खटाएर माटो परीक्षण, सही बीउ रोप्ने विधि र आधुनिक प्रविधिको बारेमा प्रशिक्षण दिने योजना बनाएको छ । बीउ वितरणसँगै प्राविधिक सहयोग र बजारको ज्ञारेन्टी पाएपछि स्थानीय किसान उत्साहित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?