+
+
Shares

पूर्वाञ्चल विश्वविद्यालयमा स्थानान्तरणसँगै अमेरिकन कर्नर पुनः सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अमेरिकन कर्नर मे ७ मा नयाँ स्थानबाट पुनःसञ्चालनमा आएको छ।
  • नयाँ अमेरिकन कर्नरले अंग्रेजी भाषा सिकाइ, डिजिटल उपकरण निःशुल्क पहुँच, व्यवसाय तालिम र एजुकेसन यूएसए सेवा प्रदान गर्नेछ।
  • पुसोमका विद्यार्थी स्वयंसेवकलाई ‘स्टुडेन्ट एसोसिएट्स’ बनाएर कार्यक्रम सञ्चालन र जनचेतना विस्तारमा सक्रिय भूमिका दिइनेछ।

विराटनगरमा रहेको अमेरिकन कर्नर नयाँ स्थानबाट औपचारिक रूपमा पुनःसञ्चालनमा आएको छ । मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (पुसोम) मा स्थानान्तरण गरिएपछि मे ७ मा यसको पुनःसुरुआत गरिएको हो ।

यो सँगै अमेरिकन कर्नर कोशी प्रदेशका युवाका लागि सिकाइ, सहभागिता र अवसरको प्रमुख केन्द्रका रूपमा थप सशक्त बनेको बताइएको छ । नयाँ स्थानमा सञ्चालनमा आउनुले अमेरिकी दूतावासकोे अमेरिकन स्पेसेस सञ्जालले गुणस्तरीय शिक्षा, नवप्रवर्तन र विश्वव्यापी अवसरमा पहुँच विस्तार गर्ने प्रतिबद्धता निरन्तर अगाडि बढाएको संकेत गरेको जनाइएको छ ।

आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, सञ्चारकर्मी तथा समुदायका विभिन्न सरोकारवालाको सहभागिता थियो । कार्यक्रमको अन्त्य सहकार्य र आगामी साझेदारीलाई लक्षित नेटवर्किङ सत्रसहित गरिएको थियो ।

अब पुसोमभित्र सञ्चालन हुने अमेरिकन कर्नरले विद्यार्थी, शिक्षक र युवा पेशाकर्मीलाई थप प्रभावकारी सेवा दिने अपेक्षा गरिएको छ । यहाँ अंग्रेजी भाषा सिकाइ, डिजिटल उपकरणको निःशुल्क पहुँच, व्यवसायसम्बन्धी तालिम तथा कार्यक्रम, शैक्षिक सामग्री र एजुकेसन यूएसए सेवा उपलब्ध गराइनेछ ।

युवामा सीप विकास र अन्तर्राष्ट्रिय अनुभवप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा युवा नेतृत्व विकास, उद्यमशीलता, नवप्रवर्तन, डिजिटल सीप तालिम र नागरिक सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

पुसोमसँगको सहकार्यले व्यवस्थापनसम्बन्धी कार्यक्रमका लागि शैक्षिक स्रोत, संस्थागत सहयोग र समुदायसँगको सम्बन्ध अझ मजबुत हुने विश्वास लिइएको छ ।

पुनःसञ्चालन कार्यक्रममा पुसोमका विद्यार्थी स्वयंसेवकलाई ‘स्टुडेन्ट एसोसिएट्स’ का रूपमा परिचय गराइएको थियो । उनीहरूले कार्यक्रम सञ्चालन, सहपाठी सहभागिता र जनचेतनामूलक पहुँच विस्तारमा सक्रिय भूमिका खेल्नेछन् । यसले अमेरिकन कर्नरलाई युवामैत्री र समुदायमुखी बनाइराख्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?