+
+
Shares

समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा

सभापति थापाले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दोहोर्‍याउँदै आफूहरूलाई ‘डेलिभरी’ बाहेक केही पनि नचाहिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन्।
  • थापाले नेकपा एमाले र हाम्राबीचको समझदारीको आधारमा कर्णाली प्रदेशमा कांग्रेसले सरकार चलाउने बेला आएको बताए।
  • सभापति थापाले सरकार बन्ने कुरा छोडिदिन आग्रह गर्दै, सरकार बनिसकेपछि डेलिभरी चाहिएको स्पष्ट पारे।

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशमा सरकार परिवर्तनको संकेत गरेका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा उनले प्रदेश सरकार परिवर्तनको संकेत गरेका हुन् ।

‘नेकपा एमाले र हाम्राबीच भएको समझदारीको आधारमा कर्णाली प्रदेशमा हामीले नेतृत्व गरेर सरकार चलाउने बेला आएको छ,’ उनले भने, ‘हाम्रो नेतृत्वमा हामी सरकार चलाउँछौं ।’

सभापति थापाले कर्णाली प्रदेशमा पार्टीको नेतृत्वमा सरकार बन्ने भन्दै गर्दा दर्शकदीर्घाबाट तालीको बजेको थियो । त्यसप्रति इंगित गर्दै उनले भने, ‘सरकार बन्छ भन्दै गर्दा थपडी तपाईंहरूले बजाउनु भएको छ । एक वर्षपछि फेरि आउँछौं हामी । बीचमा पनि आउँछौं । आएको बेलामा, हाम्रो नेतृत्वको कर्णाली सरकारले कर्णालीको हितमा यो–यो काम गर्‍यो भनेर मुख्यमन्त्रीले बोल्दै गर्दा त्यहाँ बसेर मैले र विश्वप्रकाशले थपडी बजाउन पाउनुपर्छ ।’

सभापति थापाले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दोहोर्‍याउँदै आफूहरूलाई ‘डेलिभरी’ बाहेक केही पनि नचाहिएको बताए ।

‘सरकार बन्ने कुरा हामीलाई छोडिदिनुस् । बन्छ,’ उनले भने, ‘तर, सरकार बनिसकेपछि हामीलाई डेलिभरी चाहियो । हामीलाई केही पनि चाहिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?