News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको लाहनमा भूमिहीन दलित तथा सुकुमवासीले सार्वजनिक अतिक्रमण हटाउन डोजर लगाउन थालेपछि विरोध प्रदर्शन गरेका छन्।
- भूमि अधिकार मञ्च र मुसहर युवा सञ्जालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए।
- प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाबिना गरिब तथा भूमिहीन समुदायलाई नहटाउन, आवास, लालपुर्जा र सुरक्षित बसोबासको ग्यारेन्टी माग गरेका छन्।
४ जेठ, सिरहा । सिरहाको लाहनमा भूमिहीन दलित तथा सुकुमवासीले प्रदर्शन गरेका छन् । सरकारले सार्वजनिक अतिक्रमण हटाउन डोजर लगाउन थालेसँगै त्यसको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।
भूमि अधिकार मञ्च र मुसहर युवा सञ्जालको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । त्यस्तै उनीहरूले अव्यवस्थित बसोबासी तथा सुकुमवासीमाथि अन्याय भइरहेको बताएका थिए ।
प्रदर्शनकारीहरूले वर्षौंदेखि बसोबास गर्दै आएका गरिब तथा भूमिहीन समुदायलाई वैकल्पिक व्यवस्थाबिनै नहटाउन पनि सरकारसँग माग गरे ।
लहानमा आयोजित प्रदर्शनमा सहभागी दलित, मुसहर तथा भूमिहीन परिवारहरूले आफूहरूलाई आवास, लालपुर्जा र सुरक्षित बसोबासको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4