+
+
Shares

होटल तथा पर्यटन समूहका कम्पनीहरूको औसत नाफा घट्यो, कुनको अवस्था कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होटल तथा पर्यटन समूहका ९ कम्पनीमध्ये ८ कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।
  • चैत मसान्तसम्म यी कम्पनीको औसत खुद नाफा २६ करोड १८ लाख रुपैयाँ छ, जुन गत वर्षको ८० करोड ३३ लाख रुपैयाँभन्दा घटेको छ।
  • तारागाउँ रिजेन्सी, ओरियन्टल होटल र चन्द्रागिरि हिल्स जस्ता कम्पनीहरू गत वर्ष नाफामा रहेका भए पनि अहिले नोक्सानीमा छन्।

५ जेठ, काठमाडौं । होटल तथा पर्यटन समूहका ९ कम्पनी बजारमा सूचीकृत छन् ।

यीमध्ये ८ कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार औसतमा यी कम्पनीको खुद नाफा घटेको छ ।

चालु आर्थिक वर्षमा चैत मसान्तसम्म यी कम्पनीको औसत नाफा जम्मा २६ करोड १८ लाख रुपैयाँ छ । जबकि गत वर्षको यसै अवधिमा यस्तो नाफा ८० करोड ३३ लाख रुपैयाँ थियो ।

खुद नाफा घट्नुको प्रमुख कारण गत वर्षको यस अवधिमा नाफामा रहेका तीन कम्पनी अहिले नोक्सानीमा गएका छन् । जेनजी आन्दोलनका कारण होटलमा क्षति पुगेर निर्माण कार्यका लागि बन्द रहेकाले तारागाउँ रिजेन्सी अहिले नोक्सानीमा रहेको छ । होटल निर्माणको क्रम चलिरहेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म यसको नोक्सानी १४ करोड ४८ लाख छ, जबकि पहिले ३३ करोड ७५ लाख रुपैयाँ नाफामा थियो । त्यस्तै र्‍याडिसन होटल सञ्चालन गर्ने ओरियन्टल होटल पनि पहिले ४ करोड नाफामा रहेकोमा अहिले २ करोड ९३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

चन्द्रागिरि हिल्समा पनि जेनजी आन्दोलनका कारण तल्लो स्टेशनमा क्षति पुग्दा केही समय सेवा प्रभावित भयो, जसले गर्दा पहिले नाफामा रहेको कम्पनी अहिले नोक्सानीमा रहन पुग्यो ।

अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेकाले नाफा उल्लेख्य देखिए पनि सोल्टी होटलको प्रतिकित्ता सेयर मूल्य र प्रतिसेयर नेटवर्थ न्यून छ । अंकित मूल्यभन्दा बजार मूल्य भने ५० गुणा बढी छ ।

कम्पनीहरूको नाफा स्थिति

कम्पनी नाफा २०८२ चैत नाफा २०८१ चैत
सोल्टी होटल ५५ करोड ७ लाख ४९ करोड ९ लाख
तारागाउँ रिजेन्सी –१४ करोड ४८ लाख ३३ करोड ७५ लाख
ओरियन्टल होटल –२ करोड ९३ लाख ४ करोड ३ लाख
सिटी होटल –१३ करोड ८७ लाख –१७ करोड ३८ लाख
चन्द्रागिरी हिल्स –९३ लाख १० करोड ८ लाख
कालिन्चोक दर्शन ४ करोड ९६ लाख १ करोड १९ लाख
बन्दीपुर केबुलकार –१ करोड ६२ लाख –१ करोड २४ लाख

कम्पनीहरूको वार्षिक प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

कम्पनी प्रतिसेयर आम्दानी प्रतिसेयर नेटवर्थ
सोल्टी होटल ४.६९ २६.७३
तारागाउँ रिजेन्सी –७.३८ १४७.३
ओरियन्टल होटल –२.४८ ३२८.१७
सिटी होटल –४.६० ९७.२८
चन्द्रागिरी हिल्स –०.५८ १००.२०
कालिन्चोक दर्शन १०.५२ १०७.९४
बन्दीपुर केबुलकार –०.५७ ९१.९०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?