News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग परिसंघ युवा संगठनले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाबारे बहस सम्पन्न गरेको छ।
- बहसमा पूर्वमन्त्री अनिलकुमार सिन्हा, पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल र सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे सहभागी थिए।
- सीएनआईवाईईएफ अध्यक्ष मनिष श्रेष्ठले 'भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ' भने।
६ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) युवा संगठन सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्था विश्लेषणबारे बहस सम्पन्न गरेको छ ।
यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौती र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीलाई एकै ठाउँमा ल्याएको सीएनआईएले जनाएको छ । छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका विज्ञहरू सहभागी थिए ।
छलफलमा पूर्वमन्त्री अनिलकुमार सिन्हा, पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायत सहभागी थिए ।
कार्यक्रममा सीएनआईवाईईएफ अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण गर्नुपर्नेमा जोड दिए ।
‘भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ, अनुभवी नीतिनिर्माता र युवा उद्यमीको ऊर्जाबीचको दुरी मेटाउन मञ्च सधैं प्रतिबद्ध छ,’ उनले भने ।
छलफलमा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो ।
प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत क्षेत्रका प्रतिनिधिले तरलता, नीतिगत स्थिरता र लगानी वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया 4