News Summary
Generated by OK AI. Editorially reviewed.- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा आवेदन आह्वान गरिएको छ।
- सिफारिस समितिले जेठ ७ गते सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
- आवेदन शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र बुझाउनुपर्नेछ।
७ जेठ, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ।
यी पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार (जेठ ७ गते) सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
समितिका अनुसार, गत जेठ ५ गते स्वीकृत भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम यो दरखास्त आह्वान गरिएको हो।
इच्छुक उम्मेदवारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ। आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनलाई अन्तिम म्याद मानिने सूचनामा उल्लेख छ ।
सूचनाका अनुसार, शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आवेदन दर्ता गराउनुपर्नेछ। आवेदन सोही कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा पेस गर्नुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
यससम्बन्धी विस्तृत कार्यविधि तथा अन्य जानकारी शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिने समितिले जनाएको छ।

प्रतिक्रिया 4