+
+
Shares

राष्ट्रिय सहकारी बैंक सञ्चालकमा परितोष पौड्याल निर्वाचित

निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारले भन्दा २ सय ७५ मत धेरै ल्याई पौड्याल विजयी भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल १ हजार ८ सय २७ मत ल्याएर निर्वाचित भएका छन् ।
  • बैंकको अन्य ६ प्रदेशका सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति संयोजक र सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् ।
  • शनिबार सम्पन्न निर्वाचनमा कुल ८ हजार ६ सय ७९ मतदातामध्ये ३९.११ प्रतिशत अर्थात् ३ हजार ३ सय ९४ मत खसेको थियो ।

१० जेठ, काठमाडौं । राष्ट्रिय सहकारी बैंक सञ्चालकमा बागमती प्रदेशबाट डा. परितोष पौड्याल निर्वाचित भएका छन् ।

पौड्यालले रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै बैंक सञ्चालक निर्वाचित भएका हुन् ।

शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारले भन्दा २ सय ७५ मत धेरै ल्याई पौड्याल विजयी भएका हुन् । निर्वाचनमा पौड्यालले कुल १ हजार ८ सय २७ मत प्राप्त गर्दा शर्माले १ हजार ५ सय ५२ मत प्राप्त गरे ।

सातै प्रदेशमा सम्पन्न निर्वाचनमा कुल ८ हजार ६ सय ७९ मतदातामध्ये ३ हजार ३ सय ९४ मत खसेको थियो । यो भनेको कुल मतदाताको ३९.११ प्रतिशत हो ।

निर्वाचित पौड्याललाई नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीको सहयोग थियो । नेकपा एमालेका सक्रिय नेताका रूपमा चिनिएका पौड्याल नेफ्स्कुन अध्यक्ष र महासंघ सञ्चालक भइसकेका छन् ।

बैंक सञ्चालक समितिमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेसबाट मन्दिरा आचार्य, गण्डकीबाट कमलादेवी गिरी, लुम्बिनीबाट विष्णु बराल, कर्णालीबाट कालिबहादुर महतारा र सुदूरपश्चिमबाट मनमोहन विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पोखरेल र ममताकुमारी साह निर्विरोध निर्वाचित भएका छन् ।

बैंकको संशोधित विनियम अनुसार सातै प्रदेशबाट एक–एक जना (कम्तीमा २ महिला सहित) खुला प्रतिस्पर्धाबाट सञ्चालक निर्वाचित हुने व्यवस्था छ ।

साथै, १ सहकारी विज्ञ र १ बैंकिङ विज्ञ सञ्चालक समितिले मनोनीत गर्ने छ । बैंकको विनियम अनुसार निर्वाचित सात जना सञ्चालकमध्येबाट एक अध्यक्ष चयन हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?