+
+
Shares

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु   

रासस रासस
२०८३ जेठ १३ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालक २६ वर्षीय शेख गुलामको घटनास्थलमै मृत्यु भएको छ ।
  • प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मकवानपुरका लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिएको छ ।

१३ जेठ, रौतहट । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ना२५प १०८० नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलाम रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको उक्त मोटरसाइकललाई बुधबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बस चालक मकवानपुरको गढी गाउँपालिका–३ का लक्ष्मीभक्त ओझा र ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको र शेखको शवलाई चन्द्रनिगाहपुर अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?