+
+
Shares

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको प्रमाण पेस गर्न राप्रपाको माग

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे संसद्मा प्रमाण पेस गर्न माग गरेका छन्।
  • उनले प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै अनुमानका भरमा राष्ट्र नचल्ने भन्दै तथ्यबिना बोलिएका रेकर्डहरू हटाउन माग गरे।
  • शाहीले "अनुमानको आधारमा राष्ट्र चल्दैन भावनाको आधारमा चल्दैन । प्रमाण पेस गर्न म अनुरोध गर्छु" भन्दै संसद्मा आफ्नो भनाइ राखे।

१८ जेठ, काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रधानमन्त्रीको अभिव्यक्ति जिम्मेवार पनि हुने बताए ।

उनले अनुमानका आधारमा चिया पसलमा गरिएको जस्तो कुरा नगर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘अनुमानको आधारमा राष्ट्र चल्दैन भावनाको आधारमा चल्दैन । प्रमाण पेस गर्न म अनुरोध गर्छु,’ उनले भने, ‘प्रधानमन्त्रीले तथ्यबिना बोलिएको रेकर्डहरू हटाउन माग गर्दछु । यो चिया पसल होइन । नेपालले भारतको सीमा मिचेको कुरा प्रमाण पेस गर्न आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?