+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्ति आत्मसमर्पणवादी चिन्तन : नेकपा

‘बहुमतले दिएको मुर्खबल, अनुभवको अभाव, कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठाले हिजो राज्यले ठूलै क्षति बेहोर्नुपर्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:५४

१८ जेठ, काठमाडौं । नेपाली कम्यनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी चिन्तन रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै उनले प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्ति सीमा सम्बन्धी अज्ञानता रहेको बताए ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिमा एकातिर राष्ट्रको मिचिएको भूमि प्राप्त गर्ने दृढ इच्छाशक्ति, निडरता र कूटनीतिक चतुर्यता देखिएन भने अर्कातिर खेती गरेको जमिनसँग देशको भूमि मिचेर विदेशी सेनाले परेड खेलेकोसँग तुलना गर्नु गम्भीर आत्मसमर्पणवादी चिन्तन देखिन्छ,’ उनले भने, ‘अझ प्रधानमन्त्रीले इङ्ग्ल्यान्डको प्रसंग निकाल्नु आत्मसमर्पणवादको पराकाष्ठा हो ।’

त्यो अभिव्यक्ति सीमा सम्बन्धी अज्ञानता सँगै त्योभन्दा बढी गम्भीर राष्ट्रहितविपरीत रहेको उनले बताए ।

प्रधानमन्त्री पद जोशको पद मात्रै नरहेको पनि प्रमुख सचेतक दुलालले टिप्पणी गरे । ‘राष्ट्रको प्रमुख पद जोशको पद मात्रै होइन, यो होस,अनुभव, ज्ञान र जिम्मेवारीको पद हो ।  बहुमतले दिएको मुर्खबल, अनुभवको अभाव, कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठाले हिजो राज्यले ठूलै क्षति बेहोर्नुपर्‍यो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?