+
+
Shares

दलित पत्रकारहरूको पक्षमा विशेष कार्यक्रम ल्याउन जरुरी छ : पूर्वराष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि र सुरक्षाका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
  • मिडियालाई लोकतान्त्रिक बनाउन आन्तरिक रूपमा समावेशी नीति कडाइका साथ लागू गर्नुपर्नेमा उनले जोड दिइन् ।
  • दलितका मुद्दालाई कुनै एक समुदायको मात्र नभई सिंगो राष्ट्रको साझा सवालका रूपमा मिडियाले प्राथमिकता दिनुपर्ने उनले बताइन् ।

१८ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित हुनेगरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छिन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त आवश्यक्ता औंल्याइन् ।

पूर्वराष्ट्रपति भण्डारीले समाचार सम्बद्ध निकायहरूलाई पनि दलित पत्रकारहरूको हकमा आन्तरिक रुपमा पनि समावेशी नीति कडाईका साथ पालना गराउन आग्रह गरिन् ।

उनले दलितको सवाललाई कुनै एउटा समूदायको मात्रै सवाल मात्रै नभई सिंगो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाको रुपमा मिडियाहरूले प्राथमिकताका साथ लिनु पर्ने समेत बताइन् ।

‘म राज्यको सबै निकाय, नागरिक समाज र विशेष गरी मिडिया सञ्चालकहरूलाई आग्रह गर्न चाहन्छु–मिडियालाई साँच्चकै लोकतान्त्रिक र निष्पक्ष बनाउने हो भने आन्तरिक रुपमा समावेशी नीति कडाइका साथ लागू गरिनुपर्दछ,’ उनले भनिन्, ‘दलितको सवाललाई कुनै एउटा समुदायको मात्रै सवाल मात्रै नभई सिंगो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाको रुपमा मिडियाले प्राथमिकताका साथ लिनुपर्दछ ।’

राज्य, नागरिक समाज र मिडिया संचालकहरूले मिडियालाई लोकतान्त्रिक बनाउने होभने आन्तरिक रुपमा समावेशी नीति कडाईका साथ पालना गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो ।

‘दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन र कार्य क्षेत्रमा उनीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र समाचार सम्बद्ध संस्थाहरूले विशेष कार्यक्रम ल्याउन जरुरी छ,’ उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले कुनैपनि समाजको रुपान्तरणमा पत्रकारहरूको कमल शक्तिशाली हुने भएकाले उनीहरूले त्यसको दुरुपयोग हुने खालको कुनैपनि गतिविधि गर्न नहुने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?