News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले कैलाली र मोरङका छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।
- भारतबाट मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
१८ जेठ, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलाली, टीकापुर नगरपालिका–९ सुनफाँटाबाट खैरो हेरोइनसहित दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो ।
यसैगरी, मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहबाट खैरो हेरोइनसहित दुई जनालाई आजै पक्राउ गरिएको छ ।
अभियुक्तहरूले भारतबाट खैरो हेरोइन ल्याएका थिए । मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4