+
+
Shares

कांग्रेसको क्रियाशील सदस्यता विवादबारे पूर्णबहादुर खड्काले के भने ?

पुस १० गते सम्म क्रियाशील नवीकरण तथा नयाँ वितरण भएका र त्यसपछि पनि नवीकरण र नयाँ सदस्यता लिएकाहरूको समेत १५ औं महाधिवेशनमा सहभागिता सुनिश्चित गर्ने/गराउने विषयमा आफू दृढ एवं प्रतिबद्ध रहेको उनले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २०:०१

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस १० अघि र पछि वितरण भएका क्रियाशील सदस्यतालाई कायम हुनुपर्नेमा आफू दृढ रहेको बताएका छन् ।

सोमबार क्रियाशील सदस्यता सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गर्दै उनले १५ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा आफू प्रतिबद्ध रहेको बताउँदै सदस्यताको विषयमा आश्वास्त हुन् आग्रह गरेका हुन् ।

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सम्पूर्ण एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध छौं । पार्टीको  १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम २०८२ पौष १० गते सम्ममा अधिकांश टुंगिसकेको हो,’ खड्काले वक्तव्यमा लेखेका छन् ।

त्यो बेला नवीकरण गर्न छुटेका, नवीकरण गर्न चाहने एवं नयाँ क्रियाशील सदस्यता लिन चाहनेलाई सदस्यता वितरण गर्नुपर्ने उनले बताएका छन् ।

यस्तै, पौष १० गते सम्म क्रियाशील नवीकरण तथा नयाँ वितरण भएका र त्यसपछि पनि नवीकरण र नयाँ सदस्यता लिएकाहरूको समेत १५ औं महाधिवेशनमा सहभागिता सुनिश्चित गर्ने/गराउने विषयमा आफू दृढ एवं प्रतिबद्ध रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?