News Summary
Generated by OK AI. Editorially reviewed.- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १९ जेठदेखि नयाँ दिल्लीमा राजनीतिक भेटघाट शुरू गरेका छन् ।
- भारतीय जनता पार्टीको निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई भाजपा कार्यालयमा परम्परागत झाँकी र फूलमालासहित भव्य स्वागत गरिएको छ ।
- पाँचदिने भारत भ्रमणमा रहेका उनले भाजपाका नेता नीतिन नविनसँग भेटघाट गरी भाजपा कार्यालयको संरचनाबारे जानकारी लिएका छन् ।
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् ।
सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ ।
रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपाको कार्यालयको संरचनाबारे जानकारी गराएका थिए ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनले नेपाली समुदाय र समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।



प्रतिक्रिया 4